कोरोनाको प्रभावले चीनका ४० प्रतिशत सिनेमा हल बन्द हुन सक्ने « Khabarhub

कोरोनाको प्रभावले चीनका ४० प्रतिशत सिनेमा हल बन्द हुन सक्ने


२३ जेष्ठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीपछि चीनका ४० प्रतिशतभन्दा बढी सिनेमा हलहरू बन्द हुन सक्ने एउटा प्रतिवदेन सार्वजनिक भएको छ ।

चिनियाँ चलचित्र सङ्घले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कोरोना महामारीपछि आममानिस सिनेमा हलसम्म पुग्न डराइरहेको र आर्थिक संकटकै कारण सिनेमा हलहरू स्थायीरूपमा नै बन्द हुने अवस्थामा पुगेका छन् ।

इन्टरनेटमार्फत ग्राहकको विद्युतीय उपकरणमा सहजै स्ट्रीमिङ सेवा उपलब्ध भएपछि लाखौँ चिनियाँ नागरिकले अनलाइनमार्फत् चलचित्र हेरेर मनोरञ्जन लिन थालेका छन्।

एउटा अनुसन्धान संस्था आइबीआइएस वर्ल्डका अनुसार चीनमा हाल १२ हजारभन्दा बढी सिनेमा हल छन्। तीमध्ये प्रत्येक १० वटामध्ये चार वटा सिनेमाघर निकट भविष्यमा बन्द हुन सक्ने चिनियाँ चलचित्र संघले जनाएको बीबीसीले जनाएको छ ।

अघिल्लो वर्ष चिनियाँ सिनेमाघरहरूले टिकट विक्रीबाट ६४.२ अर्ब युआन कमाएकोमा उक्त आम्दानी घटेको बताइएको छ । संघका अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा सिनेमा हलहरूको  आम्दानीमा ब्यापक गिरावट आएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ६ : १४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको