झापाको कचनकवलमा सेना पनि परिचालन गरिने « Khabarhub

झापाको कचनकवलमा सेना पनि परिचालन गरिने


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको कचनकवल गाउँपालिकामा सेना पनि परिचालन गरिने भएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले कचनकवल गाउँपालिकामा नेपाल प्रहरी, सशस्त्रसँगै नेपाली सेना परिचालन गर्ने निर्णय गरेको हो ।

प्रदेश १ मा सबैभन्दा बढी कोरोना संक्रमित भएको कचनकवल गाउँपालिकामा सेना पनि परिचालन गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

क्वारेन्टाइनको सञ्चालन र व्यवस्थापन कार्यमा थप सहयोगका लागि नेपाली सेनाको अस्थायी पोस्ट तैनाथ गरिने बैठकले निर्णय गरेको छ ।

भारतसँग सीमा जोडिएको झापाको पूर्वी दक्षिणी क्षेत्रमा पर्ने कचनकवल गाउँपालिकामा बिहीवारसम्म १०३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ७ : २९ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी

गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ।

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय