झापाको कचनकवलमा सेना पनि परिचालन गरिने « Khabarhub

झापाको कचनकवलमा सेना पनि परिचालन गरिने


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको कचनकवल गाउँपालिकामा सेना पनि परिचालन गरिने भएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले कचनकवल गाउँपालिकामा नेपाल प्रहरी, सशस्त्रसँगै नेपाली सेना परिचालन गर्ने निर्णय गरेको हो ।

प्रदेश १ मा सबैभन्दा बढी कोरोना संक्रमित भएको कचनकवल गाउँपालिकामा सेना पनि परिचालन गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

क्वारेन्टाइनको सञ्चालन र व्यवस्थापन कार्यमा थप सहयोगका लागि नेपाली सेनाको अस्थायी पोस्ट तैनाथ गरिने बैठकले निर्णय गरेको छ ।

भारतसँग सीमा जोडिएको झापाको पूर्वी दक्षिणी क्षेत्रमा पर्ने कचनकवल गाउँपालिकामा बिहीवारसम्म १०३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ७ : २९ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र