क्वारेन्टाइनमै जन्मिए दुई शिशु « Khabarhub

क्वारेन्टाइनमै जन्मिए दुई शिशु


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – भारतबाट श्रीमानसँगै रोजगारी गरी फर्किएका डोटीका दुई महिलाले  शिशु जन्माएका छन् ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन् ।

यही जेठ १२ गते भारतबाट घर फर्किएपछि दिपायल सिलगढी नगरपालिका–२ खातीवडास्थित देवी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा बस्नुभएकी गीता आउजीले शिशु जन्माएकी वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार २१ वर्षीया सुत्केरी गीताले छोरा जन्माएकी हुन् । उनी बसेको क्वारेन्टाइनमा ७४ जना छन् । ‘आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ, स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी पठाएको छु’, वडाध्यक्ष खड्काले भने, ‘आरडिटीपछि नतिजा नेगेटिभ आए होम क्वारेन्टिनमा बस्ने गरेर पठाउँछौँ ।’

यस्तै शिखर नगरपालिका वडा नं ३ को भवानी आधारभूत विद्यालय खन्याडी छडिमाण्डौँको क्वारेन्टाइनमा बसेकी अर्की २५ वर्षीया पुजा सार्कीले पनि छोरा जन्माएकी छन् । उनी पनि भारतको मुम्बइबाट जेठ १५ गते श्रीमानसँगै घर फर्किएर क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।

अहिले दुवै महिला र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ७ : ३९ बजे

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई