क्वारेन्टाइनमै जन्मिए दुई शिशु | Khabarhub Khabarhub

क्वारेन्टाइनमै जन्मिए दुई शिशु


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – भारतबाट श्रीमानसँगै रोजगारी गरी फर्किएका डोटीका दुई महिलाले  शिशु जन्माएका छन् ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन् ।

यही जेठ १२ गते भारतबाट घर फर्किएपछि दिपायल सिलगढी नगरपालिका–२ खातीवडास्थित देवी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा बस्नुभएकी गीता आउजीले शिशु जन्माएकी वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार २१ वर्षीया सुत्केरी गीताले छोरा जन्माएकी हुन् । उनी बसेको क्वारेन्टाइनमा ७४ जना छन् । ‘आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ, स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी पठाएको छु’, वडाध्यक्ष खड्काले भने, ‘आरडिटीपछि नतिजा नेगेटिभ आए होम क्वारेन्टिनमा बस्ने गरेर पठाउँछौँ ।’

यस्तै शिखर नगरपालिका वडा नं ३ को भवानी आधारभूत विद्यालय खन्याडी छडिमाण्डौँको क्वारेन्टाइनमा बसेकी अर्की २५ वर्षीया पुजा सार्कीले पनि छोरा जन्माएकी छन् । उनी पनि भारतको मुम्बइबाट जेठ १५ गते श्रीमानसँगै घर फर्किएर क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।

अहिले दुवै महिला र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ७ : ३९ बजे

पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा

गण्डकी– नेपाल फोटो पत्रकार सङ्घ कास्कीले विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धनका

पक्राउ पुर्जी र पूर्व सूचनाबिनै रेशमलाई पक्राउ गरियो : लालवीर चौधरी

काठमाडौं –  नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसद लालवीर चौधरीले सरकारले

सोती घटना : न्यायाधीश बर्खास्तीको माग, काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– रुकुमको सोती घटनामा दलित युवक नवराज बिक लगायतको हत्या

गण्डकी प्रदेशमा बजेटको तयारी

गण्डकी– गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष

रेशम पक्राउ परेपछि प्रज्ञामा कार्यकर्ताको नाराबाजी (तस्बिरहरू)

काठमाडौं– जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा