कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय तहमा खटायो चिकित्सक « Khabarhub

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय तहमा खटायो चिकित्सक


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्थानीय तहमा दुई/दुई चिकित्सकको टोली एक महिनाका लागि खटाएको छ ।

जिल्लाको कनकासुन्दरी गाउँपालिकामा एक र चन्दननाथ नगरपालिकासहित अन्य छ गाउँपालिकामा दुई/दुई गरी १५ चिकित्सकको टोली खटाइएको प्रमुख प्रशासकीय अधिकृत द्वोन्द्वबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार जिल्लाको गुठीचौर गाउँपालिकामा प्राध्यापक डा.कमलराज शर्मा र प्रा.डा.रामप्रसाद उप्रेतीलाई खटाइएको छ । यसैगरी तातोपानी गाउँपालिकामा प्राध्यापक डा.सुनिल बुढाथोकी र प्राध्यापक सुष्मा काफ्लेलाई खटाइएको छ ।

जिल्लाको पातारासी गाउँपालिका उपप्रध्यापक कपिल अम्गाईं, डेण्टल सर्जन भुमेष काफ्ले, तिला गाउँपालिका लेक्चर सञ्जीव पण्डित र मेडिकल अधिकृत आशा शर्मा, सिञ्जा गाउँपालिकामा उपप्रध्यापक विशाल पोखरेल र सर्जन दृष्टिराज जोशीलाई खटाइएको प्रतिष्ठानले जनाएको छ ।

कनकासुन्दरी गाउँपालिकामा डा.शम्भु यादव, चन्दननाथ नगरपालिकामा उपप्रध्यापक डा.प्रवीण गिरी र डा.अर्जुन तिवारी खट्ने भएका छन् ।

यसैगरी हिमा गाउँपालिकामा मेडिकल अधिकृत अजीत मिश्र र मेडिकल अधिकृत डा महिमा थापालाई खटाइएको छ । हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा प्राथमिक स्वास्थ्य केन्द्रमा सरकारले चिकित्सक पठाउन नसकेको भन्दै तत्काल चिकित्सक पठाउन अनुरोध गरेका थिए ।

गाउँपालिकाले क्वारेन्टिनमा राख्ने नागरिकका लागि स्वास्थ्य र सुरक्षाको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई पत्राचारसमेत गरेको थियो ।

यसैगरी हिमा गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी एक जना अध्ययनमा गएका र अर्को व्यवस्था अहिलेसम्म नहुँदा सङ्कटको घडीमा पनि समस्या भएको गाउँपालिकाले जनाउँदै आएको छ ।

यसैगरी गाउँपालिकाका एकीकृत क्वारेन्टाइनमा समेत सुरक्षा व्यवस्था कडा गर्न जिल्लास्थित सुरक्षा प्रमुखको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ८ : १६ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण