विपद् व्यवस्थापनका लागि उद्धार टोली तयार « Khabarhub

विपद् व्यवस्थापनका लागि उद्धार टोली तयार


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- वर्षायामलाई ध्यानमा राखी आइपर्ने विपद् व्यवस्थापनका लागि उद्वार टोली तयार गरिएको छ ।

सम्भावित खोज तथा उद्धारका लागि लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणका तर्फबाट ३० तथा नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बलका १०–१० गरी ५० जनाको उद्धार टोली तयार गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

टोली मनसुनबाट हुनसक्ने क्षति न्यूनीकरण गर्दै आपत्कालीन अवस्थामा तुरून्त परिचालन गर्न सक्ने बताइएको छ । यस्तै बाढीपहिराको असरले क्षति हुन सक्ने नेपाल चीनबीचको बेत्रावती, मैलुङ, स्याफ्रुबेँसी, रसुवागढी अन्तरराष्ट्रिय राजमार्ग एवं सहायक मार्गको संरक्षणका लागि समितिले जिल्लाका सबै गाउँपालिकालाई जिम्मेवारी दिएको छ ।

वर्षायाममा राजमार्ग निरन्तर चालु गराउन उत्तरगया, कालिका एवं गोसाइँकुण्ड गाउँपालिका तथा सिम्ले, भोर्लेतर्फ नौकुण्डका साथै थाम्बुचेततर्फको सहायक मार्ग संरक्षण गराउन आमाछोदिङ्मो गाउँपालिकालाई जिम्मेवारी तोकिएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

वर्षायाममा आकस्मिक पहिरो पन्छाउने कार्यमा सदाझैँ जिल्लाभित्र सञ्चालित जलविद्युत् आयोजना र गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेँसी सडक सुधार आयोजनासमेतको स्वामित्वमा रहेका स्काभेटर जस्ता उपकरण प्रयोगमा ल्याइने व्यवस्था मिलाइएको प्रजिअ पन्तले जानकारी दिए ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  १० : २५ बजे

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

सोल– दक्षिण कोरियामा जुन महिनामा अनलाइन किनमेल कारोबार दोहोरो अङ्कले

कृषि प्रयोगशाला सुर्खेतकी कर्मचारीको मृत्यु प्रकरण : समातिए प्रशासनका नायब सुब्बा

काठमाडौं- कृषि प्रयोगशालाकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु

राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै

काठमाडौं– राष्ट्रियसभाको आजको बैठमा प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न प्रतिवेदन पेस