घरपालुवा जनावर बाहिर छाडे कडा कारबाही ! | Khabarhub Khabarhub

घरपालुवा जनावर बाहिर छाडे कडा कारबाही !


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणबाट पुरा विश्व समूदायलाई तनाव दिएको छ । यस स्थितिमा मानिसहरु कुनै वस्तु वा कार्यबाट भाइरस फैलन्छ भनेको सुनेमा तत्काल त्यसबाट दूरी बनाउने गर्दछन् ।

पशुको असुरक्षित सम्पर्कबाट कोरोना सर्ने भनेसंगै धेरै मानिसले पशुको निकट जान छाडे । अझ कतिपयले ती जनावरलाई बाहिर छाड्न थाले । तर भारतको आसाम सरकारले भने एक आदेश जारी गरेको छ ।

जसअन्तर्गत यदि कसैले कोरोना भाइरसको डरले घरपालुवा जनावर घर बाहिर छाडेमा कानूनी कार्रवाहीको सामना गर्नुपर्ने हुन्छ ।

असम प्रहरीले जिल्लाका सबै प्रहरी प्रमुखलाई कोरोना भाइरसको आशंकामा पालुवा जनावर छाडेको पाइएमा कानूनी कारबाही आदेश जारी गरेको छ । असामका कैयौं ब्यवसायीले पाल्तु जनावरबाट दूरी बनाउने आफ्नो पसलमा नै बन्दगर्दै आएका छन् ।

कोरोना भाइरसको बढ्दो संक्रमणका बीचमा आएका केहि अफवाहसंँगै पाल्तु जनावरबाट पनि कोरोना सर्ने हल्ला छ । तर यसको अहिलेसम्म आधिकारिक प्रमाण भने जुटिसकेको छैन ।

यसैबीच असाम राज्यपुलिस मुख्यालयले घरपालुवा जनावरलाई छाड्नेलाई ‘पिपुल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स’ (पेटा) को नियम अनुसार कारबाही गर्न आदेश दिएको छ । यतिमात्र होइन, जनावर उपर सहि ब्यवहार नगर्ने हरेकलाइ कारबाहि गर्न आदेश दिइएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ११ : ११ बजे

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला