चौरजहारी घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने « Khabarhub

चौरजहारी घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ६ जनाको ज्यान जाने गरी रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पटकपटक प्रमुख प्रतिपक्षी दलले सो घटनाको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेको र अन्य राजनीतिक दलले समेत सो विषयलाई प्रमुखताका साथ उठाएकाले समिति गठन गरिने जानकारी दिए ।

सो घटनाका सम्बन्धमा अघिल्ला बैठकमा पनि कुरा उठेकाले त्यसलाई सम्बोधन गर्न तथा उक्त घटनाको आवश्यक अध्ययन तथा अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलसँग आवश्यक छलफलपछि प्रतिनिधिसभा नियमावली, २०७५, नियम १७७ बमोजिम संसदीय विशेष समिति गठन गरिने भएको हो ।

त्यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम (पश्चिम) घटनाको निष्पक्ष छानबिन गर्न सर्वदलीय संसदीय छानबिन समितिको गठन गर्न पुनः माग गरेको थियो । बैठकमा समय माग गरेर कांग्रेस सचेतक पुष्पा भुसालले सो घटनाका सम्बन्धमा सरकारका तर्फबाट प्रभावकारी छानबिन हुनेमा आशङ्का देखिएको जनाउँदै संसदीय छानबिन जरुरी रहेको बताइन ।

घटनाको अनुसन्धानलाई सरकारका तर्फबाट प्रभावित बनाउने र हल्का बनाउने ढङ्गबाट राज्यको अभिव्यक्ति आएको आरोप लगाउँदै उनले भनिन्, ‘घटनामा अपराध मात्र भएको छैन, मानावताविरुद्धको गम्भीर अपराध भएको छ, जातीय विभेद अन्त्य गर्न कानून बनायौँ तर यस घटनाले परिवर्तनकामी समुदायमा अन्याय गरेको छ ।’

अन्तरजातीय प्रेम सम्बन्धका विषयलाई लिएर यही जेठ १० गते जाजरकोट र रुकुमपश्चिमका स्थानीयवासीबीच विवाद हुँदा यो घटना भएको थियो ।

बैठकमा सांसदद्वय सरिता गिरी र अमृता अग्रहरीले केही दिनअघि सदनमा सांसद गंगा चौधरीले दिएको वक्तव्यले आफूहरुको अपमान भएको जनाउँदै चौधरीले माफी माग्नुपर्ने बताए ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  १ : ४२ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक