भोजपुरमा ५ संक्रमित थपिए « Khabarhub

भोजपुरमा ५ संक्रमित थपिए


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरमा थप ५ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ। पछिल्लो पटक ५ जना थपिएसँगै भोजपुरमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ।

४८ जनामा गरिएको पीसीआर परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ।

भारतबाट आएका ४२ जना, ४ जना सुरक्षाकर्मी र २ जना स्थानीयको पीसिआर परिक्षण गरिएकोमा भारतबाट आएका षडानन्द नगरपालिकाका १७, १९, २९, ३० र ३२ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो।

कोरोना पुष्टि भएका ५ जना नै जेठ १३ गते सुनौली नाका हुँदै भोजपुर पुगेका हुन्। कोरोना संक्रमण पुष्टि भएकालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको भए पनि प्रदेश सरकारले मोरङको गोठगाँउ पठाउनु भनेकाले उतै पठाइने प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए।

उनले कोरोना संक्रमण पुष्टि भएकालाई पठाउन सवारीको अभाव भएको बताए। १३ गते सुनौली नाकाहुदै भारतबाट आएका ६ जना मध्ये ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

बाँकी १ जनालाई अरुण गाउँपालिकास्थित जरायोटारमा होल्डिङ सेन्टर राखिएको छ। भोजपुरमा यसअधि कोरोना संक्रमण पुष्टि भएका एक पुरुष भने कोरोनामुक्त भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ३ : ४९ बजे

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

तनहुँ । भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएका

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको