नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ पुग्यो | Khabarhub Khabarhub

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ पुग्यो


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेतमा बिहीबार ज्यान गुमाएका २८ वर्षे युवकमा पनि कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका युवकको बिहीबार मृत्यु भएको थियो । पञ्चपुरी नगरपालिका-१ हाँसेका उनी क्वारेन्टाइन बसेर घर फर्किएका थिए । युवकको मृत्युपछि पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष  र पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुष गरी १० जनाको मृत्यु भएको थियो ।

नेपालमा शुक्रबार थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुगेको छ । जसमध्ये १९५ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २९ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या २९ सय १२  पुगेको जानकारी दिएका हुन् ।

नेपालका ६८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टाम ४३ जना डिस्चार्ज भएका छन् । हालसम्म ३३३ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,२३२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ४ : ४४ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ