स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकतामा : मुख्यन्त्री भट्ट « Khabarhub

स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकतामा : मुख्यन्त्री भट्ट


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताएका छन् ।

आज प्रदेशसभाको नीति तथा कार्यक्रममाथिको छलफललाई सम्बोधन गर्दै उनले प्रदेश सरकारको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र भएको उल्लेख गर्दै कृषि, रोजगारीलाई पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताए ।

प्रदेशमा सङ्क्रामक रोग अस्पताल सञ्चालन गर्ने तयारी रहेकाले क्यान्सर अस्पताल निर्माण गर्ने कुरामा प्रदेश सरकारले जोड दिइरहेको उनको भनाइ छ ।

प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नेु नै मुख्य कुरा रहेको बताउँदै उनले भने, “अब नीति तथा कार्यक्रम कागजमा मात्र होइन व्यावहारिकरुपमा कार्यान्वयन हुन्छ ।”

उनले भारत तथा प्रवासबाट फर्केका सुदूरपश्चिमवासीलाई रोजगारीको व्यवस्था गर्न जिल्ला तथा स्थानीय तहमा निर्माण गरिने सडक, नाली, विकास निर्माणलगायत तथा कृषि क्षेत्रमा संलग्न गराई मौसमी रोजगार उपलब्ध गराइने बताए ।

उनले अन्तर्राष्ट्रिय सीमासँग जोडिएका क्षेत्रमा प्रदेश सरकारले बस्तीको विकास, त्यहाँका नागरिकको जीवन उकास्ने कार्यक्रम, सुरक्षा व्यवस्थालगायतका विशेष योजना ल्याउने उल्लेख गरे ।

उनले सङ्घीय सरकारको सहकार्यमा प्रदेश र स्थानीय तहबाट पश्चिम सेती अघि बढाउन सङ्घीय सरकारलाई आग्रह गरिने बताए ।

मुख्यमन्त्री भट्टले अब योजना, कार्यक्रम, प्रदेशसभा सदस्यको मागका आधारमा रकम विनियोजन गरिने बताउँदै भने, “पटकपटक डल्लो बजेटका नाममा सरकार बदनाम भएकाले अब डल्लो होइन, जति योजना, कार्यक्रम छन् त्यहीअनुसार रकम विनियोजन हुन्छ, जनप्रतिनिधि, प्रदेशवासी सबैका योजना सम्बोधन गर्नेमा प्रदेश सरकार कटिबद्ध रहेको छ ।”

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ९ : ५६ बजे

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय