कोरोना संक्रमित बढेपछि दैलेखका दुई नगरपालिकामा निषेधाज्ञा « Khabarhub

कोरोना संक्रमित बढेपछि दैलेखका दुई नगरपालिकामा निषेधाज्ञा


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमित बढेसँगै दैलेखका दुई नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन दैलेख प्रशासनले शुक्रबार साँझ ६ बजेदेखि लागू हुनेगरी नारायण नगरपालिका र दुल्लु नगरपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

भारतबाट आउनेको संख्या र संक्रमित बढ्न थालेपछि थप जोखिम बढ्न नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।

राजपत्रमा उल्लेख भएका अत्यावश्य सेवाबाहेकका अन्य कामहरु नगर्न प्रशासनले आदेश दिएको छ । नारायण नगरपालिकाको सम्पूर्ण सिमाना र दुल्लु नगरपालिकाको कर्णाली राजमार्ग छुने विभिन्न नाकामा निषेधित क्षेत्र तोकिएको छ।

दैलेखमा शुक्रबारमात्रै ९१ जनामा कोरोना संक्रमित थपिएका छन् योसँगै संक्रमितको संख्या ३ सय ८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ७ : ३६ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण