उच्च अदालत पाटनले सोमबारदेखि थप सेवा शुरु गर्ने « Khabarhub

उच्च अदालत पाटनले सोमबारदेखि थप सेवा शुरु गर्ने


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीकै क्रममा उच्च अदालत पाटनले आगामी सोमबारदेखि बन्दाबन्दीको समयमा केही सेवा शुरु गर्ने भएको छ ।

अदालतले सोमबारदेखि मिलापत्र, मुद्दा फिर्ता, तामेलीलगायतका सेवा थप गर्ने र बन्दाबन्दीमा मुद्दा फैसला हुन नसकी अभियागपत्रमा दाबी लिएको सजायभन्दा बढी कैद थुनामा बसेकाको हकमा मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको अदालतमा उपरजिष्ट्रार शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

यसअघि, अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदनसहित अतिरिक्त म्याद थप, अभियोगपत्र दर्ता, बयान, थुनछेक आदेश, सरकारले दर्ता गर्ने पुनरावेदनलगायतका काम गर्दै आएको थियो ।

कोरोना भाइरस सङ्क्रमणको अवस्था भएकाले कानून व्यवसायी, सेवाग्राहीको उपस्थितिलाई व्यवस्थित गराउने अदालतको व्यवस्थापकीय पक्षसमेतलाई ध्यानमा राखी बन्दाबन्दीमा भन्दाबाहेकका अन्य मुद्दा सुनुवाइ गर्ने भएको हो ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ११ : ४१ बजे

कलाकार ‘बले’ प्रकरण : आरोप थियो बलात्कारको, म्याद थपियो अभद्र व्यवहारमा

काठमाडौं- अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ परेका ‘बले’ नामले चिनिने कलाकार

टुँडिखेलमा घाँसे मैदान निर्माण कार्य सुरु (तस्बिरहरू)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर)

इजरायलमा इरानको मिसाइल आक्रमण जारी

हाइफा– इजरायली फायर फाइटरहरूले उत्तरी शहर हाइफामा एक आवासीय भवनमा

सांस्कृतिक पर्वः ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

कर्णाली– ‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली मर्‍यो भुनि जान्नु’ अर्थात्

तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

तेहरान– इस्लामशहरमा सोमबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा १३ व्यक्तिको