गोरखापत्रका महाप्रबन्धकसहित चार जनाविरुद्व मुद्दा दायर « Khabarhub

गोरखापत्रका महाप्रबन्धकसहित चार जनाविरुद्व मुद्दा दायर


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायसहित चार जनाविरुद्व कागज खरिदमा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

आयोगले गोरखापत्र संस्थान र प्रिन्टसेल इमेजिङ प्रालिबीच न्यूज प्रिन्ट कागज खरिदमा महाप्रबन्धक उपाध्यायसहित तत्कालीन महाप्रबन्धक सुशील कोइराला, संस्थानकै तत्कालीन अर्थ निर्देशक रामसुन्दर चौधरी र कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रालिका सञ्चालक दीपककुमार भंसालीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार अदालतमा मुद्दा दायर गरिएको अयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

चारै जनाविरुद्ध रु २६ लाख १६ हजार १० बिगो असुलउपर माग दाबी गर्दै मुद्दा दायर गरिएको उनले बताए । उनका अनुसार कागज खरिद गर्दा भन्सार महसुल आपूर्तिकर्ता प्रिन्टसेलले ब्यहोर्नुपर्ने सम्झौता भए पनि संस्थानका तत्कालीन महाप्रबन्धक कोइरालाले आफूलाई फाइदा र सम्झौताविपरीत भन्सार छुट गराई संस्थानलाई हानिनोक्सानी पु¥याएकाले मुद्दा दायर गरिएको हो ।

आयोगले महाप्रबन्धक उपाध्यायले प्रिन्टसेल इमेजिङ कम्पनीलाई फाइदा र संस्थानलाई हानि हुने गरी बदनियतपूर्ण तरिकाले पेश्की भुक्तानी तथा भन्सार छुट भएको रकम नकटाई सम्झौतानुसारको सम्पूर्ण रकमको नै अन्तिम बिल भुक्तानी गरी संस्थानलाई रु २६ लाख १६ हजार १० नोक्सान गरेको ठहर गरेको छ ।

आयोगले ऐन २०५९ को दफा १७ बमोजिम कसुर ठहर गर्दै उक्त रकम माग दाबीसहित मुद्दा दायर गरेको हो । यस्तै तत्कालीन महाप्रबन्धक कोइरालाले सम्झौता विपरीत संस्थानका तर्फबाट भन्सार छुटका लागि गलत सिफारिस गरी आपूर्तिदाता कम्पनीलाई केही रकम पेश्की भुक्तानीसमेत गरी भन्सार छुटबापतको रु २६ लाख १६ हजार १० संस्थानलाई हानिनोक्सानी गरी प्रिन्टलेस कम्पनीलाई फाइदा पु¥याएको ठहर गर्दै ऐन २०५९ को दफा ९ र दफा १७ बमोजिम कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

यस्तै संस्थानकै तत्कालीन अर्थनिर्देशक चौधरीले सम्झौता विपरीत संस्थानलाई हानि हुने गरी बदनियतपूर्ण तरिकाले पेश्की भुक्तानी तथा भन्सार छुट भएको रकम नकटाई सम्झौतानुसारको सम्पूर्ण रकमको नै अन्तिम बिल भुक्तानी गरी संस्थानलाई नोक्सानी पु¥याएको भन्दै मुद्दा दायर गरिएको छ ।

यस्तै प्रिन्टसेल कम्पनीका सञ्चालक भंसालीले सम्झौता विपरीत भन्सार छुटका लागि सिफारिस माग गरी भन्सार छुट गराई सम्झौताबमोजिम सम्पूर्ण रकमसमेत सोही कम्पनीले भुक्तानी लिई कम्पनीलाई लाभ र संस्थानलाई गैरकानूनी हानि पु¥याएको भन्दै ऐन २०५९ को दफा ८ को उपदफा ९४० बमोजिम कसुर गरेको ठहर गरिएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ११ : २७ बजे

संविधान संशोधनबाट नागरिक अधिकार कुण्ठित गर्न खोजियो : ज्ञानेन्द्र शाही

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले

संसद्‍मा ज्ञानेन्द्र शाहीको प्रश्न- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सवारी

कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षणमा मन्त्री मेहता

विराटनगर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी

चीनको क्षेप्यास्त्र परीक्षणले बढायो चासो

एजेन्सी– चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण

नेविसंघको आरोप- सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो

काठमाडौं– नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप