रोनाल्डको फ्रिकिक गोलमा युभेन्टसको सहज जीत « Khabarhub

रोनाल्डको फ्रिकिक गोलमा युभेन्टसको सहज जीत


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले टोरिनोमाथि सहज जीत निकालेको छ ।

टोरिनोमाथि ४-१ को सहज जित दर्ता गर्ने क्रममा पाउलो डिबाला, जुआन क्वाडराडो र क्रिस्टियानो रोनाल्डोले १-१ गोल गरे । युभेन्टसले एक गोल भने आत्मघाती उपहार पाएको थियो ।

खेलको तेस्रो मिनेटमा नै अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले युभेन्टसलाई सुरुवाती अग्रता दिलाए ।

२९ औं मिनेटमा क्वाडराडोले युभेन्टसको अग्रता दोब्बर पारे । रोनाल्डोले पेनाल्टी क्षेत्रभित्र दिएको पासलाई क्वाडराडोले अगाडी बढाउँदै गोल गरे ।

इन्ज्युरी समयमा म्याथिस डी लिग्टले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि टोरिनोले खेलमा फर्कने अवसर पायो । टोरिनोका कप्तान आन्द्रीए बेलोट्टीले पेनाल्टीमा गोल गर्दै खेल २-१ को अवस्थामा ल्याए ।

खेलको ६१ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा सिधै गोल गर्दै  युभेन्टसलाई पुन: २ गोलको अग्रता दिलाए ।

८७ औं मिनेटमा डग्लस कोस्टाको क्रसमा कोफी जिजीले आत्मघाती गोल गरे । जीतसँगै युभेन्टसले अंक तालिकाको शीर्षस्थानमा ७ अंकको अग्रता लिएको छ ।

युभेन्टसको ३० खेलमा ७५ अंक भएको छ । दोस्रो स्थानको लाजियोले २९ खेलमा ६८ अंक बनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ५ : ३८ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि