विश्वभर एकै दिन १ लाख ८९ हजारमा कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर एकै दिन १ लाख ८९ हजारमा कोरोना भाइरसको संक्रमण


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन १ लाख ८९ हजारभन्दा बढी संक्रमित भएका छन् ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड १३ लाख ७१ हजार ९८९ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ८९ हजार ४१३ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ ।

यो समाचार तयार पार्दासम्म ६४ लाख ३३ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ हजार ४८९ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ३२ हजार ८६१ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९३ हजार ४३२ जनाको मृत्यु भएको छ ।

२४ लाख ६६ हजार ३६३ जना संक्रमित भएकोमा १४ लाख २४ हजार १२२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७४ हजार ४७३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३४ लाख २९ हजार ४०६ पुगेको छ । त्यसमध्ये १५ लाख २९ हजार ६७३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६१ हजार ६१ जनाको मृत्यु भएको छ । २५ लाख २६ हजार ९२३ जना संक्रमित भएकोमा १७ लाख २८७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ९२ हजार ६२३ जनाको मृत्यु भएको छ । २४ लाख ७२ हजार ६१ जना संक्रमित भएकोमा १५ लाख ४३ हजार ७९६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ११ हजार ११७ जनाको ज्यान गएको छ भने ४ लाख ६६ हजार १६८ संक्रमित छन् । संक्रमितमध्ये २ लाख २४ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । १० हजार ४ जना संक्रमित भएकोमा ८ हजार ९५२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ६ : ४० बजे

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा