४ प्रदेशमा भारी वर्षासँगै बाढी पहिरोको जोखिम, सतर्क रहन आह्वान « Khabarhub

४ प्रदेशमा भारी वर्षासँगै बाढी पहिरोको जोखिम, सतर्क रहन आह्वान


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुनी वायुको प्रभावसँगै आज विभिन्न ४ वटा प्रदेशमा भारी वर्षासँगै बाढी – पहिरोको जोखिम रहेको जल  तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मुलुकका विभिन्न भू-भागमा सामान्यदेखि पूर्ण बदली रही अहिले पनि हल्कादेखि मध्यम स्तरको वर्षा भइरहेको छ ।

दिउँसोसम्म देशका सबै  प्रदेशहरुमा  सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  हुने छ ।

प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानहरूमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आगामी २४ घण्टामा भारी वर्षासँगै बिभिन्न क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल एवं पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ७ : ०७ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले