आज खाडीका मुलुक र मलेसियामा अलपत्र नेपालीको उद्धार गरिँदै « Khabarhub

आज खाडीका मुलुक र मलेसियामा अलपत्र नेपालीको उद्धार गरिँदै


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत कोरोना महामारीका कारण समस्यामा परेका नेपाली स्वदेश फर्कने भएका छन् ।

कोरोना महामारीका कारण उडान बन्दा हुँदा विभिन्न कारणले समस्यामा परेका नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश फर्कन लागेका हुन् ।

आज कतारको दोहाबाट दुई उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदैछन् । नेपाली लिएर हिमालय र नेपाल एअरलाइन्स कतारबाट नेपालका लागि उडिसकेको छ भने यूएईबाट पनि आज दुई उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदै छन् ।

दुबईबाट नेपाल एअरलाइन्स र आबुधाबीबाट हिमालय एअरलाइन्सले नेपाली लिएर आउँदैछन् भने कुवेतबाट पनि आममाफीमा सहभागी नेपाली लिएर जजिरा एअर नेपाल आउँदैछ ।

यस्तै आज नेपाली लिन चार देशमा जहाजहरु जाँदैछन् । नेपाल एअरलाइन्स साउदीको दमाम र बहराइन जाँदैछ भने हिमालय एअरलाइन्स मलेसियाको क्लालाम्पुर र कुवेत जाँदैछ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ७ : ३५ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको