प्रिमियर लिग : बाटफोर्डविरूद्ध चेल्सी विजयी | Khabarhub Khabarhub

प्रिमियर लिग : बाटफोर्डविरूद्ध चेल्सी विजयी


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वाटफोर्डबिरुद्ध शानदार जीत निकालेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले वाटफोर्डलाई ३–० ले हराएको छ। चेल्सीको जीतमा ओलिभर जिराउड, विलियन र रोस बार्कलीले गोल गरे ।

बार्कलीको पासमा जिराउडले २८ औं मिनेटमा चेल्सीलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको अन्तिम समयमा क्रिस्टियन पुलिसिकलाई डिबक्स भित्र लडाएपछि लण्डन क्लबले पेनाल्टीको अवसर पायो । जसमा विलियनले सहजै गोल गरे ।

दोस्रो हाफको ईन्जुरी समयमा डिबक्स भित्र प्राप्त बलमा बार्कलीले गोल गर्दै चेल्सीलाई ३–० को जीत दिलाए ।

जीतसंगै चेल्सीले च्याम्पियन्स लिग छनोटको यात्रालाई सहज बनाएको छ । चेल्सी ५७ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

 

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ८ : ०२ बजे

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

बझाङमा आजै मतगणना नगरिने

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज