नेकपा केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर अभियान « Khabarhub

नेकपा केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर अभियान


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गर्दै आजदेखि हस्ताक्षर अभियान सुरु गर्ने भएका छन् ।

पार्टी फुटको संघारमा रहेकोले फुट्नबाट जोगाउन केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरिने केन्द्रीय सदस्य ठाकुर गैरेले बताए ।

पछिल्लो समय नेकपाभित्रको विवादले पार्टी फुटतर्फ उन्मुख बनेको बेला केन्द्रीय सदस्यहरुले शीर्ष तहबाट समस्या समाधान गर्न नसकेको भन्दै केन्द्रीय कमिटिबाटै समाधान खोज्नुपर्ने माग गरेका हुन् ।

केन्द्रीय सदस्य गैरेले भने ‘पार्टीभित्रको विवादको विषयमा केन्द्रीय सदस्यले पनि धारणा राख्न पाउनुपर्छ, दुई अध्यक्षले हाम्रा कुरा सुन्नुपर्छ, हामी पनि उहाँहरुका कुरा सुन्छौ।’

केही दिन यता केन्द्रीय कार्यालयमा पार्टी एकताको लागि धर्ना दिंदै आएका नेताहरु पार्टी नेतृत्वलाई एकताको दबाब दिन आजैदेखि हस्ताक्षर अभियानमा लाग्ने जनाएका छन् ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : ०९ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग