ग्यारेजमा आगलागी हुँदा ८ माइक्रोबस जले « Khabarhub

ग्यारेजमा आगलागी हुँदा ८ माइक्रोबस जले


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँको नयाँ बसपार्क नजिकै रहेको एक ग्यारेजमा आइतबार बिहान अगलागी हुँदा ८ वटा माइक्रो बसमा क्षति पुगेको छ ।

आगलागीबाट ८ वटा माइक्रोबसमा क्षति पुगेको प्रहरीले जनाएको हो । बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ ख ४०९ र ग १ ख २४४६ नम्बरको माइक्रोबसमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी रोशन खड्काले प्राविधिक कारणले आगलागी भएको हुनसक्ने बताए ।

तरपनि आगलागी कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान जारी राखेको उनले जानकारी दिए । प्रहरीका अनुसार अनुसन्धानका लागि अपराध महाशाखाको टोली पनि परिचालित भएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : ३२ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई