कांग्रेस बैठक बस्दै, ओली – देउवा गोप्य भेटको विषय पनि छलफलमा « Khabarhub

कांग्रेस बैठक बस्दै, ओली – देउवा गोप्य भेटको विषय पनि छलफलमा


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेकपाभित्रको विवादले सरकार परिवर्तनको चर्चा चुलिएका बेला प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

दिउँसो २ बजेपछि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच तीन दिनअघि बालुवाटारमा भएको गोप्य भेटघाटको विषयमा पनि छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

देउवा र ओलीबीच असार १७ गते राति बालुवाटारमा करिब डेढ घण्टा गोप्य छलफल भएको थियो । उक्त भेटमा सत्तासमीकरणको विषयमा छलफल भएको अनुमान गरिदैँ आएको छ ।

कांग्रेसका केही नेताहरूले संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारी पदपूर्तिको विषयमा उक्त भेटघाट भएको बताउँदै आए पनि सबै पक्ष त्यसमा विश्वस्त हुन सकेका छैनन् ।

यस्तै आजको बैठकमा अन्य समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने जनाइएको छ ।

यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका पनि तयार पारेको थियो । सो कार्यतालिकालाई केन्द्रीय समितिले अन्तिम रुप दिने छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ११ : २३ बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र