काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र संकट चर्कंदै गइरहेका बेला पार्टीका तीन शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबै पदबाट राजीनामा माग भइरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ आफू र राष्ट्रपति विरुद्ध षड्यन्त्र भएको बताइरहँदा राष्ट्रपतिसँगको यो भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
यसअघि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीले शनिबार साँझ राष्ट्रपतिलाई भेटेसँगै मन्त्रीहरुसँग बालुवाटारमा छलफल गरेका थिए ।
प्रतिक्रिया