रूसमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो « Khabarhub

रूसमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले  रूसमा ६ लाख ७४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको १० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० हजार २७ पुगेको हो ।

एकै दिन ६ हजार ६३२ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ६ लाख ७४ हजार ५१५ पुगेको छ ।

२ लाख १७ हजार ६०९ जनाको उपचार भइरहेको छ भने ४ लाख ४६ हजार ८७९ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १२ : ०६ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा