राष्ट्रपतिसँग प्रचण्ड-माधव र झलनाथको भेटवार्ता, महाअभियोगको हल्लामा विश्वास नगर्न आग्रह « Khabarhub

राष्ट्रपतिसँग प्रचण्ड-माधव र झलनाथको भेटवार्ता, महाअभियोगको हल्लामा विश्वास नगर्न आग्रह


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ नेकपा विभाजनको संघारमा पुगेका बेला अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेताले राष्ट्रपति विद्यादेवी भण्डारीसँग ४५ मिनेट भेट गरेका छन् ।

४५ मिनेटको भेटमा प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने भनेर गरिएको प्रचार अनर्गल भएको बताएका छन् ।

यस्तै भेटमा नेकपाभित्र देखिएको विवादले मुलुक नै संकटमा जाने भएकाले त्यसमा संयम र अभिभावकीय भूमिका निर्वाह गर्न नेताहरूले आग्रह गरेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

तीनै नेताले प्रधानमन्त्रीलाई सम्झाउनका लागि पनि राष्ट्रपतिमार्फत आग्रह गरेको बताइएको छ ।

राष्ट्रपतिका स्वकिय सचिव डा.भेषराज अधिकारीले भने तीन जना नेतासँग राष्ट्रपतिको के कुरा भयो भन्ने जानकारी नभएको बताए ।

‘उहाँहरू सवा ११ मा आएर १२ बजे निस्कनुभएको हो, के कसो कुरा भयो जानकारी छैन,’ डा. अधिकारीले भने ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड एवं बरिष्ठ नेता माधव कुमार नेपाल समूहको शक्ति संघर्षले छिन्नभिन्नको अवस्थामा पुगेको नेकपालाई फुटबाट जोगाउने प्रयासस्वरूप अध्यक्षद्वयबीच आइतबार नै निर्णायक वार्ता पनि हुँदैछ ।

स्रोतकाअनुसार आज हुने भनिएको निर्णायक बार्तामा तेस्रो तथा नयाँ विकल्पका रूपमा मंसिर ४ मा भएको सहमति कार्यान्वयन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको म्यान्डेट बाहिर नगई सरकार चलाउने, सरकार सञ्चालन गर्न माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेता रहेको ५ सदस्यीय कार्यदल गठन गर्ने, केही मन्त्री र मुख्यमन्त्री हेरफेर गर्ने विषयमा छलफल हुनेछ ।

आजको वार्ताले यसबारे निकास नदिए पार्टी विभाजनको चरणमा प्रवेश गर्ने स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १२ : २५ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने