राष्ट्रपतिसँग प्रचण्ड-माधव र झलनाथको भेटवार्ता, महाअभियोगको हल्लामा विश्वास नगर्न आग्रह « Khabarhub

राष्ट्रपतिसँग प्रचण्ड-माधव र झलनाथको भेटवार्ता, महाअभियोगको हल्लामा विश्वास नगर्न आग्रह


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ नेकपा विभाजनको संघारमा पुगेका बेला अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेताले राष्ट्रपति विद्यादेवी भण्डारीसँग ४५ मिनेट भेट गरेका छन् ।

४५ मिनेटको भेटमा प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने भनेर गरिएको प्रचार अनर्गल भएको बताएका छन् ।

यस्तै भेटमा नेकपाभित्र देखिएको विवादले मुलुक नै संकटमा जाने भएकाले त्यसमा संयम र अभिभावकीय भूमिका निर्वाह गर्न नेताहरूले आग्रह गरेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

तीनै नेताले प्रधानमन्त्रीलाई सम्झाउनका लागि पनि राष्ट्रपतिमार्फत आग्रह गरेको बताइएको छ ।

राष्ट्रपतिका स्वकिय सचिव डा.भेषराज अधिकारीले भने तीन जना नेतासँग राष्ट्रपतिको के कुरा भयो भन्ने जानकारी नभएको बताए ।

‘उहाँहरू सवा ११ मा आएर १२ बजे निस्कनुभएको हो, के कसो कुरा भयो जानकारी छैन,’ डा. अधिकारीले भने ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड एवं बरिष्ठ नेता माधव कुमार नेपाल समूहको शक्ति संघर्षले छिन्नभिन्नको अवस्थामा पुगेको नेकपालाई फुटबाट जोगाउने प्रयासस्वरूप अध्यक्षद्वयबीच आइतबार नै निर्णायक वार्ता पनि हुँदैछ ।

स्रोतकाअनुसार आज हुने भनिएको निर्णायक बार्तामा तेस्रो तथा नयाँ विकल्पका रूपमा मंसिर ४ मा भएको सहमति कार्यान्वयन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको म्यान्डेट बाहिर नगई सरकार चलाउने, सरकार सञ्चालन गर्न माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेता रहेको ५ सदस्यीय कार्यदल गठन गर्ने, केही मन्त्री र मुख्यमन्त्री हेरफेर गर्ने विषयमा छलफल हुनेछ ।

आजको वार्ताले यसबारे निकास नदिए पार्टी विभाजनको चरणमा प्रवेश गर्ने स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १२ : २५ बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली