काठमाडौं – कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग गरिएको मलेरिया र एचआइभी एड्सको औषधि प्रभावहिन भएको छ ।
मलेरियाको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीन र एचआइभी संक्रमितलाई प्रदान गरिने लोपिनएविर/रिटोनाविर औषधिको प्रयोगले संक्रमितको उपचारमा खास प्रभावकारिता नदेखिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले ती औषधि प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
कोरोना भाइरसबाट संक्रमित भएकालाई प्रदान गरिँदा त्यसले मृत्युदर रोक्न वा कम गर्न नसकेको डब्लुएचओले जनाएको छ ।
सोही कारण यी औषधिको प्रयोग कोभिड–१९ का बिरामीमा नगर्ने निर्णय गरिएको हो ।
प्रतिक्रिया