सेती प्रादेशिक अस्पतालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

सेती प्रादेशिक अस्पतालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका बिरामीको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार अस्पतालले एक विज्ञप्तिमार्फत १ सय ३७ जनाको कोरोना परीक्षण गरिएको र तीमध्ये ४५ जनाको रिपोर्ट पोजेटिभ आएको जनाएको छ । नयाँ थपिएका संक्रमितहरु मध्ये १२ जना महिला र ३३ जना पुरुष रहेका छन् । उनीहरु डडेल्धुरा, कैलाली र कञ्चनपुरका रहेका छन् ।

नयाँ थपिएका संक्रमितहरु डडेल्धुराका एक महिला र ४ जना पुरुष, कैलालीका ३ जना महिला र ९ जना पुरुष र कंचनपुरका ६ र १२ वर्षकी २ जना बालिकासहित ८ जना महिला र ४, ७, ११, ११, १३ वर्षका ५ बालक सहित २० जना पुरुष रहेका छन् ।

योसँगै उक्त अस्पतालमा परीक्षण गरिएकामध्ये हालसम्म ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  २ : १६ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र