कालीकोटमा पहिरोमा पुरिएर मृत्यु « Khabarhub

कालीकोटमा पहिरोमा पुरिएर मृत्यु


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म – नरहरिनाथ गाउँपालिका–७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा शनिबार पहिरो जाँदा स्थानीयवासी ३५ वर्षीया तुला बटालाको ज्यान गएको हो ।

भैँसी गोठाला जानुभएका बटालाको पहिरामा पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए । “भैँसी गोठबाट पानी लिन जाँदा बीच बाटामा पहिरो खसेर महिलालाई बगाएको हो”, उनले भने, ‘उहाँको घटनास्थलमै मृत्यु भयो ।

प्रहरीचौकी कुमालगाउँबाट घटनास्थलमा प्रहरीको टोली पठाएर बटालाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।”

यस्तै शनिबार आएको पहिराले नरहरिनाथ गाउँपालिका–७ को वडा कार्यालयमा पनि क्षति पुगेको छ । प्रनाउ ओलियाका अनुसार माल्कोटमा रहेको छकोठे वडा कार्यालयको भवन पहिराबाट पुरिएको छ । भाडामा रहेको वडा कार्यालयका साथ वडा कार्यालयमा भएका जिन्सी सामान पनि पुरिएको जनाइएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  २ : ३१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन