विश्वभर सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च: डब्लुएचओ « Khabarhub

विश्वभर सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च: डब्लुएचओ


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा – विश्वमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबार विहानसम्मको २४ घण्टाको अवधिमा विश्वभर सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार ३२६ रहेको थियो ।

यो अवधिमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या अमेरिकी क्षेत्रमा रहेको डब्लुएचओले जनाएको छ । अमेरिकी मुलुकहरूमा पनि संयुक्त राज्य अमेरिका र ब्राजिलमा २४ घण्टामा सङ्क्रमित दुई लाख १२ हजार ३२६ व्यक्ति मध्ये झण्डै आधा सङ्क्रमित भेटिएका थिए ।

उक्त अवधिमा ब्राजिलमा ५३ हजार २१३ र संयुक्त राज्य अमेरिकामा ४८ हजार १०५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो ।

आइतबारसम्ममा विश्वभर एक करोड १३ लाख ८६ हजारभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । समाचार तयार पार्दासम्म यो भाइरस सङ्क्रमित पाँच लाख ३३ हजार ६१९ जनाको ज्यान गुमेको पुष्टि विश्व स्वास्थ्य संगठनले गरेको छ ।

सङ्क्रमणका कारण सबैभन्दा बढी अमेरिकामा एक लाख ३२ हजार ३१८ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ६४ हजार ३६५ जनाको मृत्यु भएको छ । अमेरिका र ब्राजिलमा क्रमशः २९ लाख ३५ हजार ७७० र १५ लाख ७८ हजार ३७६ व्यक्ति सङ्क्रमित रहेका छन् ।

रूसमा सङ्क्रमित सङ्ख्या छ लाख ७४ हजार ५१५ रहेको छ भने मृत्युदर अन्य ठूला मुलुकको तुलनामा कम रहेको छ अर्थात् कोभिड–१९ का कारण रूसमा दश हजार २७ व्यक्तिको मृत्यु भएको छ ।

त्यस्तै भारतमा छ लाख ७३ हजार ९०४ सङ्क्रमित र १९ हजार २७९ मृत्यु, पेरूमा दुई लाख ९९ हजार ८० सङ्क्रमित र १० हजार ४१२ मृत्यु, स्पेनमा दुई लाख ९७ हजार ६२५ सङ्क्रमित र २८ हजार ३८५ मृत्यु, चिलीमा दुई लाख ९१ हजार ८४७ सङ्क्रमित र छ हजार १९२ मृत्यु भएको छ । बेलायतमा सङ्क्रमितको सङ्ख्या दुई लाख ८४ हजार ९०० रहेको छ भने ४४ हजार १९८ जनाको मृत्यु भएको छ ।

यसबाहेक बढी सङ्क्रमित र मृत्यु भएका मुलुकहरूमा मेक्सिको, इटली, इरान, पाकिस्तान, साउदी अरब, टर्की जर्मनी र चीन रहेका छन् ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ३ : ०१ बजे

कांग्रेसले भन्यो- र्‍याप गीत गाएकै शैलीमा सदनमा उपस्थित हुनुले प्रधानमन्त्रीको गरिमा ध्वस्त बनायो

काठमाडौ– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे संसद्मा प्रधानमन्त्री बालेन

रोष्टममा परराष्ट्रमन्त्री बोलिरहे, हर्क साम्पाङले उभिएर विरोध गरिरहे (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

काठमाडौं– सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन

प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिबारे परराष्ट्रमन्त्री खनालले सदनमा दिए स्पष्टीकरण

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले