नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो « Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार ५४७  पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ४ : २३ बजे

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण