आज २९३ संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित) « Khabarhub

आज २९३ संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा ४ हजार ७१० जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा पाँचथरका एकजना ताप्लेजुङका २ जना र मोरङका २ जना संक्रमित भएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २७ जना सिराहाका एकजना र महोत्तरीका १२ जना रहेका छन् ।

नारायणी अस्पतालमा गरिएको परीक्षणमा वीरगंजमा पर्साका एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अर्घाखाँचीका एकजना, बैतडीका ३ जना,

कैलालीका १४ जना, कपिलवस्तुका एकजना, काठमाडौंका ५ जना नुवाकोटका एकजना, रौतहटका २ जना, सल्यानका एकजना र सर्लाहीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुरका अस्पताल चितवनमा गरिएको परीक्षणमा मकवानपुरका एकजना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा रौतहटका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, वित्रि शिक्षण अस्पताल महाराजगंजमा अर्घाखाँचीका २ जना, बाँकेका एकजना, बर्दियाका एकजना, काठमाडौंका २१ जना, नुवाकोटका एकजना, सर्लाहीका एकजना, भक्तपुरका एकजना, रामेछापका २ जना, सिन्धुपाल्चोकका २ जना, इलामका एकजना, ललितपुरका २ जना, म्याग्दीका एकजना र धादिङका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका एकजना र तनहुँका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ जना, लमजुङका एकजना र गोरखाका एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका एकजना, कपिलवस्तुका एकजना, नलवपरासीका एकजना, प्युठानका ११ जना र रुपन्देहीका एकजना संक्रमित भएका छन् ।

डा गौतमका अनुसार भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा सल्यानका १५ जना, दैलेखका २ जना, सुर्खेतका १० जना, स्याङ्जाका एकजना, बर्दियाका ४ जना संक्रमित भएका छन् । यस्तै दैलेखको प्रयोगशालामा दैलेखका ५ जना र सुर्खेतका २ जना संक्रमित भएका छन् ।

यस्तै चौरजहारी नगरपालिकामा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमपश्चिमका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाजुराका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा डडेल्धुराका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका एकजना, बैतडीका एकजना, डडेल्धुराका ६ जना, डोटीका ३ जना, कैलालीका १३ जना र कंचनपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा १३२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार ५४७  पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

 

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ४ : ४३ बजे

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण