आज २९३ संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित) | Khabarhub Khabarhub

आज २९३ संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा ४ हजार ७१० जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा पाँचथरका एकजना ताप्लेजुङका २ जना र मोरङका २ जना संक्रमित भएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २७ जना सिराहाका एकजना र महोत्तरीका १२ जना रहेका छन् ।

नारायणी अस्पतालमा गरिएको परीक्षणमा वीरगंजमा पर्साका एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अर्घाखाँचीका एकजना, बैतडीका ३ जना,

कैलालीका १४ जना, कपिलवस्तुका एकजना, काठमाडौंका ५ जना नुवाकोटका एकजना, रौतहटका २ जना, सल्यानका एकजना र सर्लाहीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुरका अस्पताल चितवनमा गरिएको परीक्षणमा मकवानपुरका एकजना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा रौतहटका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, वित्रि शिक्षण अस्पताल महाराजगंजमा अर्घाखाँचीका २ जना, बाँकेका एकजना, बर्दियाका एकजना, काठमाडौंका २१ जना, नुवाकोटका एकजना, सर्लाहीका एकजना, भक्तपुरका एकजना, रामेछापका २ जना, सिन्धुपाल्चोकका २ जना, इलामका एकजना, ललितपुरका २ जना, म्याग्दीका एकजना र धादिङका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका एकजना र तनहुँका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ जना, लमजुङका एकजना र गोरखाका एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका एकजना, कपिलवस्तुका एकजना, नलवपरासीका एकजना, प्युठानका ११ जना र रुपन्देहीका एकजना संक्रमित भएका छन् ।

डा गौतमका अनुसार भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा सल्यानका १५ जना, दैलेखका २ जना, सुर्खेतका १० जना, स्याङ्जाका एकजना, बर्दियाका ४ जना संक्रमित भएका छन् । यस्तै दैलेखको प्रयोगशालामा दैलेखका ५ जना र सुर्खेतका २ जना संक्रमित भएका छन् ।

यस्तै चौरजहारी नगरपालिकामा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमपश्चिमका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाजुराका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा डडेल्धुराका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका एकजना, बैतडीका एकजना, डडेल्धुराका ६ जना, डोटीका ३ जना, कैलालीका १३ जना र कंचनपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा १३२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार ५४७  पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

 

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ४ : ४३ बजे

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौं– यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन

काठमाडौं–  निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा

सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर : देउवा

वीरगञ्ज– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयता कार्यान्वयनपछि

जनप्रगतिशील मञ्च अष्ट्रेलियाको सहयोगमा छात्रवृत्ति वितरण

झापा- नेकपा माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च अस्ट्रेलियाले विपन्न परिवारका छात्रछात्रालाई