असार २५ पछि नदीको बहाव बढ्ने, सावधानी अपनाउन आग्रह « Khabarhub

असार २५ पछि नदीको बहाव बढ्ने, सावधानी अपनाउन आग्रह


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले यही असार २५ पछि मुलुकभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ ।

विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठका अनुसार मौसम सक्रिय रहेकाले धेरैजसो स्थानमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ ।

असार २६ देखि २९ गतेसम्म धेरै स्थानमा नदी कतै सतर्कताको तह पार गरी खतराको तहसम्म पुग्ने भएकाले बेलैमा पू्र्वसावधानी अपनाउन भनिएको छ । असार २६ देखि २९ गतेसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको बहाव बढ्ने विभागले जनाएको छ ।

यस्तै प्रदेश नं १ र २, वाग्मती तथा त्यस आसपासका चुरे तथा तराईबाट बग्ने सबै नदीमा बहावले सतर्कता तह पार गरी केही स्थानमा खतराको तहसम्म पुग्ने सम्भावना रहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक सूचना जारी गरी सम्भावित जोखिम रोक्न पूर्वतयारीमा जुट्न समयमै अनुरोध गरेको छ । प्राप्त विवरणअनुसार पछिल्लो २४ घण्टामा मुलुकभरको १३० वर्षा मापन केन्द्रमध्ये सबैभन्दा बढी डडेलधुराको वर्षामापन केन्द्रमा १२४ दशमलव पाँच मिलिमिटर पानी परेको छ ।

यस्तै सात वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी पानी परेको छ । छब्बीस केन्द्रमा २५ मिलिमिटर, ५२ केन्द्रमा १० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको जनाइएको छ । पछिल्लो चौबिस घण्टामा २४ विपद्का घटना भएको प्राधिकरणले जनाएको छ ।

अहिले असारमा आधारित पूर्वसूचना प्रणाली अपनाइएकाले शुरुमै कुनकुन क्षेत्रमा असर गर्नसक्छ भन्ने कुरा सार्वजनिकरुपमा जानकारी दिन थालिएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ६ : ५२ बजे

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल