क्वारेन्टाइनमा मास्क अनिवार्य, सबैको स्वास्थ्य परीक्षण गरिने « Khabarhub

क्वारेन्टाइनमा मास्क अनिवार्य, सबैको स्वास्थ्य परीक्षण गरिने


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अबदेखि क्यारेन्टाइनमा रहने व्यक्तिको स्वास्थ्य परीक्षण गरिने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत क्वारेन्टाइनमा राखिने व्यक्तिहरुको स्वास्थ्य परीक्षण हुने जानकारी दिएका हुन ।

डा गौतमका अनुसार क्वारेन्टाइनमा राख्ने व्यक्तिलाई क्वारेन्टाइनमा राख्नु अघि र क्वारेन्टाइन बसाइ पुरा गरेपछि घर पठाउनुअघि स्वास्थ्य परीक्षण गरिने छ ।

यस्तै क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुले मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने पनि डा गौतमले बताए । स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइन व्यवस्थानप सम्बन्धि निर्देशिका परिमार्जन गर्दै यो व्यवस्था गरेको डा गौतमको भनाइ छ ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुका लागि स्वास्थ्य सम्बन्धि व्यवस्था समायानुकूल परिमार्जन गरेको छ,’ डा गौतमले भने, ‘क्वारेन्टाइनमा बस्दा अनिवार्य मास्को प्रयोग गर्नुपर्ने, क्वारेन्टाइनमा रहने व्यक्तिहरुको क्वारेन्टाइनमा राख्नुपुर्व र क्वारेन्टाइनबाट जाँदा स्वास्थ्य अवस्था जाँच अनिवार्य गर्ने र रिपोर्ट गर्ने ।’

मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै गएको भए पनि परीक्षणको दायरालाई बढाएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : १२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन