सरकार परिवर्तनका विषयमा कांग्रेस निरपेक्ष रहने « Khabarhub

सरकार परिवर्तनका विषयमा कांग्रेस निरपेक्ष रहने


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले सरकार परिवर्तन र अर्को सरकार गठनका बारेमा निरपेक्ष रहने बताएको छ ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मासँग गरेको भेट र भेटका क्रममा भएका छलफलको विषयमा समेत छलफल भएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीकै आग्रहमा सभापति देउवाले भेट गरेको भन्दै भने,‘पार्टी एकता गर्ने, पार्टी विभाजन गर्ने, प्रधानमन्त्रीलाई निरन्तरता दिने, प्रधानमन्त्रीलाई विस्थापन गर्ने उहाँहरुको घरायसी कुरा हो । हामी यो विषयसँग निरपेक्ष छौँ ।’

प्रतिपक्षी दलका हैसियतमा सरकारका कामका विषयमा जानकारी राख्नुपर्ने भन्दै भने, ‘सरकार सञ्चालन गरिरहेको दलको पछिल्ले क्रियाकलापलाई नजिकबाट हेर्ने जिम्मेवार दलको कर्तव्य हुन्छ । यो विषयमा भूमिका खोज्न भने हाम्रो संस्कारले, जिम्मेवारीले दिँदैन । त्यो कुरामा अहिले छैनौँ ।’

पार्टी सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट स्वभाविक भएको बताएको छ ।

कांग्रेस प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्रीले भेटौँ भनेर आग्रह गर्दै टेलिफोन गरेपछि प्रतिपक्षी दलको नेताले तपाईलाई हटाउने जस्तो कुरा आइरहेको छ । हाम्रो तपाईसँग एक ढंगको असहमति छ । तपाईसँग विवाद पनि छ । अनेक विधेयक ल्याएर तर्पाइले उनेक उधुम मच्चाउनुभएको थियो । त्यसैले म तपाईलाई भेट्न आउँदिन भन्नुपर्ने थियो भन्ने अपेक्षा कुनै पनि कांग्रेसका नेताहरुले गरेका छैनन् । तर भेटमा के भयो भन्ने कुरा प्रमुख हो ।’

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ७ : ५६ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले