सभापति देउवाले भने- नेकपाको आन्तरिक द्वन्द्वमा काँग्रेस निरपेक्ष « Khabarhub

सभापति देउवाले भने- नेकपाको आन्तरिक द्वन्द्वमा काँग्रेस निरपेक्ष


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका र समसामयिक विषयमा छलफल भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको कार्यतालिका बारेमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

काँग्रेसले गत माघ १३ गते १४औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँ गर्नेसहितको अधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो ।

तालिकाअनुसार गत फागुनदेखि चैतसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेपनि कोरोनाका कारण स्थगन गर्नुपरेको थियो ।

बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम र उपचारमा सरकारले गरेका काम कारवाही र समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच केही दिनअघि भएको भनिएको भेटका बारेमा केही नेताहरुले जिज्ञासा राखेपछि सभापति देउवाले सोबारेमा जानकारी गराएका थिए । सभापति देउवाले अन्य पार्टीमा देखिएको आन्तरिक द्वन्द्वका सम्बन्धमा काँग्रेस निरपेक्ष रहने बताए ।

सभापति देउवाको अध्यक्षतामा भएको बैठकमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य डा रामशरण महत, महेश आचार्य, रमेश रिजाल, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, एनपी साउँद, अर्जुनप्रसाद जोशी, दीपक गिरी, नवीन्द्रराज जोशी, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, श्यामकुमार घिमिरे र वीरबहादुर बलायरले आफ्नो धारणा राखेका छन् ।

केन्द्रीय समितिको बैठक भोलि असार २२ गते दिउँसो २ बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : २७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका