आज ९ अन्तर्राष्ट्रिय उडान, ६०० नेपाली स्वदेश फर्किए « Khabarhub

आज ९ अन्तर्राष्ट्रिय उडान, ६०० नेपाली स्वदेश फर्किए


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि ९ अन्तरराष्ट्रिय उडान भएका छन् ।

यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र ६०० भन्दा बढी नेपाली स्वदेश फर्किएको विमानस्थलले जनाएको छ ।

नेपाल एयरलाइन्सले कतारको दोहाबाट १४७ नेपाली काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्स साउदी अरेबियाको दमाम, दुबई, बहराइनबाट नेपाल ल्याउन त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

हिमालय एयरलाइन्सले अबुधाबीबाट १४९ र दोहाबाट १५२ यात्रु ल्याएको छ । त्यस्तै जजीरा एयरले कुवेतबाट १६५ यात्रु ल्याएको छ । कुवेतबाट थप नेपाली ल्याउन हिमालयको जहाज त्यसतर्फ प्रस्थान गरेको छ ।

सोमबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका पाँच अन्तरराष्ट्रिय उडान हुनेछन् । दमाम, बहराइन, अबुधाबी र क्वालालम्पुरबाट नेपाली ल्याउने विमानस्थलको तालिका रहेको छ ।

आइतबार पनि विभिन्न मुलुकबाट एक हजारभन्दा बढी नेपाली फर्किएका थिए । आज आन्तरिकतर्फ पनि कैलाश हेलिकप्टरको विराटनगर र एयर डाइनेष्टीको सिन्धुली उडान भएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : ५३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको