भदौ १ गतेदेखि दैनिक ४८ उडान हुने « Khabarhub

भदौ १ गतेदेखि दैनिक ४८ उडान हुने


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भदौ १ गतेदेखि हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सहरुले दैनिक ४८ उडान गर्ने भएका छन् ।

लकडाउनको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ वटा उडानलाई स्वीकृति दिएको जनाइएको छ ।

प्राधिकरणले शहरी क्षेत्रका विमानस्थल (ट्रङ्क रुट) मा ३९ वटा उडान र दुर्गममा हुने उडान (स्टल) का लागि नौ वटा गरी दैनिक ४८ वटा उडानलाई अनुमति दिइएको हो । उडान खुल्ने भएपछि आन्तरिक उडानका वायुसेवा कम्पनीले पूर्व तयारी तीव्र पारेको जनाएका छन् ।

बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स लगायत ठूला कम्पनीले सुरक्षित उडानका लागि विशेष तयारी गरिरहेको जनाएका छन् ।

वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालका प्रवक्ता योगराज कँडेल शर्माले ट्रङ्क रुटमा अहिलेलाई ४८ उडान प्राधिकरणबाट स्वीकृत भएको बताए ।

हाललाई बुद्ध एयरले १८ वटा उडान, यती एअरलाइन्सले ११ उडान र श्री एयरलाइनस्ले ८ वटा उडानका लागि तयारी गरेको जनाएका छन् । श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले भदौ १ गतेदेखि हुने उडानको सम्पूर्ण तयारी सकिएको बताए।

समान तीन तीन उडान स्वीकृति पाएका सीता र समिट एयरले तीनि तीन उडानको स्वीकृति पाएका छन् भने तथा सिम्रिक एयरले दुई वटा उडान गर्ने अनुमति पाएको छ । हाललाई विमानस्थलमा प्रतिघण्टा ३५० यात्रुलाई मात्र उडान गर्ने प्राधिकरण र वायुसेवा प्रदायकबीच सहमति भएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ७ : ०३ बजे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय