कुन रुद्राक्षको के महत्व ? « Khabarhub

कुन रुद्राक्षको के महत्व ?


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भगवान शिवको कृपा पाउन रुद्राक्षको धारण गरिन्छ । शिवको आशुद्धारा उत्पती भएको मानिने रुद्राक्षमा रुद्रको अर्थ शिव र अक्षको अर्थ आशु मानिन्छ ।

भगवान शिवसंग जोडिएको यस पवित्र रुद्राक्ष धारण गर्ने ब्यक्तिको रक्षा स्वयम् भगवान शिलले गर्ने मान्यता रहेको छ । रुद्राक्षको धारणले सम्पुर्ण ग्रहको दोष नास हुने धार्मिक मान्यता छ ।

रुद्राक्षलाई धारण गर्नुपुर्व यसको विधि विधानपुर्वक पुजा गरेर ॐ नमः शिवायको मन्त्र जप गर्नु पर्दछ । बिना मन्त्रको जप रुद्राक्ष धारण गरेमा दोष लाग्ने मान्यता रहेको छ । साउनको महिनामा रुद्राक्ष धारण गर्नु अत्यन्त शुभ मानिन्छ ।

शिवको आर्शिवाद कृपा दिलाउने रुद्राक्षको अलग अलग प्रकार हुने गर्दछ । यसको मुख अनुसार रुद्राक्षको धारणमा अलग अलग लाभ मिल्ने गर्दछ ।

जान्नुहोस् कति मुख भएको रुद्राक्ष धारण गर्दा कस्तो फल प्राप्त हुन्छ :

एक मुखे रुद्राक्ष
एक मु्खे रुद्राक्ष धारण गर्दा सम्पुर्ण पापबाट मुक्ति पाइने तथा सबै कार्यमा सफलता पाउने विश्वास गरिन्छ ।

दुई मुखे रुद्राक्ष
दुई मुखे रुद्राक्ष धारण गर्दा मानसिक शान्ति र व्यापारमा सफलता पाइने विश्वास गरिन्छ ।

तीन मुखे रुद्राक्ष
तीन मुखे रुद्राक्ष धारणले मनुष्यमा आत्मबल बढाउने र धनधान्य बढाउने विश्वास गरिन्छ ।

चार मुखे रुद्राक्ष
चार मुखे रुद्राक्ष मानसिक समस्या, रोग र कष्ट निवारण गर्न धारण गर्नु उपयुक्त मानिन्छ ।

पाँच मुखे रुद्राक्ष
पाँच मुखे रुद्राक्ष यश कीर्ति र सुख बढाउन धारण गरिन्छ ।

छ मुखे रुद्राक्ष
छ मुखे रुद्राक्षको धारण सम्पुर्ण प्रकारका समस्याबाट मुक्ति पाउन र विशेष देवी लक्ष्मीको कृपा पाउन धारण गरिन्छ ।

सप्त मुखे रुद्राक्ष
सात मुखे रुद्राक्ष आयु वृद्धि गर्न अचानक आउने कुनै पनि विपतबाट बच्न धारण गरिन्छ ।

अष्ट मुखे रुद्राक्ष
आठ मुखे रुद्राक्ष न्यायालय सम्बन्धी मामलामा विजय पाउन धारण गर्नु उपयुक्त हुन्छ ।

नौ मुखे रुद्राक्ष
नौ मुखे रुद्राक्ष शत्रुको नाश गर्न र माता दुर्गाको कृपा पाउन धारण गरिन्छ ।

दस मुखे रुद्राक्ष
दश मुखे रुद्राक्ष भूतप्रेत, बाधा र दुर्घटना लगायतका घटनाबाट बच्न धारण गरिन्छ ।

एघार मुखे रुद्राक्ष
एघार मुखे रुद्राक्ष समाजमा प्रतिष्ठा र सम्मान दिलाउन धारण गरिन्छ ।

बाह्र मुखे रुद्राक्ष
बाह्र मुखे रुद्राक्ष सम्पुर्ण मानसिक समस्या, अशान्ति एवम् दरीद्रता नास गर्न धारण गरिन्छ ।

तेह्र मुखे रुद्राक्ष
तेह्र मुखे रुद्राक्ष सम्पुर्ण प्रकारका मनोकामना पुरा गर्न धारण गरिन्छ ।

चौध मुखे रुद्राक्ष
चौध मुखे रुद्राक्ष आत्म र शारीरिक बल वृद्धिका लागी धारण गरिन्छ ।

गौरीशंकर रुद्राक्ष
गौरी शंकर रुद्राक्ष वैवाहिक जीवनलाई सुखमय बनाउन धारण गरिन्छ ।

गणेश रुद्राक्ष
गणेश रुद्राक्ष सम्पुर्ण बाधा नास गर्न र सुख सम्वृद्धि प्राप्त गर्न धारण गरिन्छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १० : २७ बजे

नेपालको विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले नेपालको विशेष सेवा ऐन, २०४२ को

हिमाली क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधिको विस्तारमा जोड

काठमाडौं– देशका उच्च हिमाली क्षेत्रमा जलवायुमा आएको परिवर्तन, आधुनिक जीवनशैली,

बाँझो जमिनमा आलु र तिते फापर उत्पादन गर्दै जन्तेढुङ्गा

खोटाङ- जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिनलाई उपयोगमा ल्याउँदै कृषि उत्पादन बढाउने

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका