कुन रुद्राक्षको के महत्व ? | Khabarhub Khabarhub

कुन रुद्राक्षको के महत्व ?


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

भगवान शिवको कृपा पाउन रुद्राक्षको धारण गरिन्छ । शिवको आशुद्धारा उत्पती भएको मानिने रुद्राक्षमा रुद्रको अर्थ शिव र अक्षको अर्थ आशु मानिन्छ ।

भगवान शिवसंग जोडिएको यस पवित्र रुद्राक्ष धारण गर्ने ब्यक्तिको रक्षा स्वयम् भगवान शिलले गर्ने मान्यता रहेको छ । रुद्राक्षको धारणले सम्पुर्ण ग्रहको दोष नास हुने धार्मिक मान्यता छ ।

रुद्राक्षलाई धारण गर्नुपुर्व यसको विधि विधानपुर्वक पुजा गरेर ॐ नमः शिवायको मन्त्र जप गर्नु पर्दछ । बिना मन्त्रको जप रुद्राक्ष धारण गरेमा दोष लाग्ने मान्यता रहेको छ । साउनको महिनामा रुद्राक्ष धारण गर्नु अत्यन्त शुभ मानिन्छ ।

शिवको आर्शिवाद कृपा दिलाउने रुद्राक्षको अलग अलग प्रकार हुने गर्दछ । यसको मुख अनुसार रुद्राक्षको धारणमा अलग अलग लाभ मिल्ने गर्दछ ।

जान्नुहोस् कति मुख भएको रुद्राक्ष धारण गर्दा कस्तो फल प्राप्त हुन्छ :

एक मुखे रुद्राक्ष
एक मु्खे रुद्राक्ष धारण गर्दा सम्पुर्ण पापबाट मुक्ति पाइने तथा सबै कार्यमा सफलता पाउने विश्वास गरिन्छ ।

दुई मुखे रुद्राक्ष
दुई मुखे रुद्राक्ष धारण गर्दा मानसिक शान्ति र व्यापारमा सफलता पाइने विश्वास गरिन्छ ।

तीन मुखे रुद्राक्ष
तीन मुखे रुद्राक्ष धारणले मनुष्यमा आत्मबल बढाउने र धनधान्य बढाउने विश्वास गरिन्छ ।

चार मुखे रुद्राक्ष
चार मुखे रुद्राक्ष मानसिक समस्या, रोग र कष्ट निवारण गर्न धारण गर्नु उपयुक्त मानिन्छ ।

पाँच मुखे रुद्राक्ष
पाँच मुखे रुद्राक्ष यश कीर्ति र सुख बढाउन धारण गरिन्छ ।

छ मुखे रुद्राक्ष
छ मुखे रुद्राक्षको धारण सम्पुर्ण प्रकारका समस्याबाट मुक्ति पाउन र विशेष देवी लक्ष्मीको कृपा पाउन धारण गरिन्छ ।

सप्त मुखे रुद्राक्ष
सात मुखे रुद्राक्ष आयु वृद्धि गर्न अचानक आउने कुनै पनि विपतबाट बच्न धारण गरिन्छ ।

अष्ट मुखे रुद्राक्ष
आठ मुखे रुद्राक्ष न्यायालय सम्बन्धी मामलामा विजय पाउन धारण गर्नु उपयुक्त हुन्छ ।

नौ मुखे रुद्राक्ष
नौ मुखे रुद्राक्ष शत्रुको नाश गर्न र माता दुर्गाको कृपा पाउन धारण गरिन्छ ।

दस मुखे रुद्राक्ष
दश मुखे रुद्राक्ष भूतप्रेत, बाधा र दुर्घटना लगायतका घटनाबाट बच्न धारण गरिन्छ ।

एघार मुखे रुद्राक्ष
एघार मुखे रुद्राक्ष समाजमा प्रतिष्ठा र सम्मान दिलाउन धारण गरिन्छ ।

बाह्र मुखे रुद्राक्ष
बाह्र मुखे रुद्राक्ष सम्पुर्ण मानसिक समस्या, अशान्ति एवम् दरीद्रता नास गर्न धारण गरिन्छ ।

तेह्र मुखे रुद्राक्ष
तेह्र मुखे रुद्राक्ष सम्पुर्ण प्रकारका मनोकामना पुरा गर्न धारण गरिन्छ ।

चौध मुखे रुद्राक्ष
चौध मुखे रुद्राक्ष आत्म र शारीरिक बल वृद्धिका लागी धारण गरिन्छ ।

गौरीशंकर रुद्राक्ष
गौरी शंकर रुद्राक्ष वैवाहिक जीवनलाई सुखमय बनाउन धारण गरिन्छ ।

गणेश रुद्राक्ष
गणेश रुद्राक्ष सम्पुर्ण बाधा नास गर्न र सुख सम्वृद्धि प्राप्त गर्न धारण गरिन्छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १० : २७ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय