उपलव्धि देखिने गरी काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन « Khabarhub

उपलव्धि देखिने गरी काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उपलब्धिका सूचकहरू देखिने गरी बजेट खर्च गर्न निर्देशन दिएका छन् ।

प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्रालयहरूको प्रस्तुतिपछि उनले नतिजामुखी र उपलब्धिका सूचकहरू देखिने गरी बजेट खर्च निर्देशन दिएका हुन् । उनले भने ‘बजेट खर्च भएपछि के उपलब्धि भयो भन्ने प्रष्ट देखिनुपर्छ, नागरिकले परिवर्तनको अनुभूति गर्न पाउनुपर्छ ।’

उनले गत आर्थिक वर्षमा धेरै अप्ठयाराहरूका बीच पनि राम्रो नतिजा निस्केको भन्दै काममा खट्ने सबैलाई धन्यवाद दिए । साथै उनले चालु आर्थिक वर्षमा अझ धेरै राम्रो गर्न संयोजन र सक्रियता बढ्ने विश्वास व्यक्त गरे ।

कोभिड–१९ ले सिर्जना गरेको असहज परिस्थितिका बाबजुद गत आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारको पूँजीगत खर्च ७९ दशमलव २९ प्रतिशत भएको जनाइएको छ । सिँचाइ र खानेपानीको दिगो व्यवस्थापनका लागि चुरे र भावर क्षेत्रमा जलाशय निर्माणलाई प्राथमिकता दिएर अघि बढ्न मुख्यन्त्री पोखरेलले निर्देशन दिए । उनले भने, ‘ठूला खालका जलाशय निर्माण, गरौँ, त्यस्ता क्षेत्रको पहिचान गरी योजना अघि बढौँ, ती आयोजनाले नतिजा दिन्छन् ।’

सेवा प्रवाह छिटो र छरितो बनाउन र नागरिकको विश्वास जित्न प्रविधिको प्रयोग ध्यान दिएर अघि बढ्न पनि मुख्यमन्त्रीले पोखरेलले निर्देशन दिए ।

नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरूले सेवा प्रवाह व्यवस्थित बनाउन उनको निर्देशन छ । उनले कपिलवस्तु र अर्घाखाँचीका लागि कपिलवस्तुमा कार्यालय स्थापना गरी काम गर्न सके बुटवल कार्यालयको चाप घटाउन बताए ।

कार्यसम्पादन मूल्यांकनका आधारमा कर्मचारी हेरफेरको काम भदौभित्र गरिसक्न मुख्यमन्त्रीले निर्देशन दिए । रिक्त दरबन्दीमध्ये अत्यावश्यक र प्राविधिक जनशक्तिको सूची तयार गरी पूर्तिका लागि प्रदेश लोकसेवा आयोगलाई बुझाउन पनि उनको निर्देशन छ ।

मुख्यमन्त्री पोखरेलले कोभिड–१९को दोस्रो चरण आएको भन्दै भारतको अवस्थाको समेत विश्लेषण गरेर योजना र कार्यक्रम अघि बढाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिए । दोस्रो चरणमा लक्षणसहितका बिरामीको संख्या बढेकाले अस्पतालमा आइसियुको क्षमता बढाउनुपर्ने उनको भनाइ छ ।

कोभिड–१९ का कारण धेरैको रोजगारी गुमेकोले भारतीय श्रमिकको प्रतिस्थापन हुने गरी रोजगारी सिर्जना गर्नुपर्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १२ : ५५ बजे

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि