संस्थागत विद्यालय बन्द होइन सामूदायिक विद्यालयको गुणस्तरमा ध्यान दिऔँ : मेयर शाक्य « Khabarhub

संस्थागत विद्यालय बन्द होइन सामूदायिक विद्यालयको गुणस्तरमा ध्यान दिऔँ : मेयर शाक्य


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामूदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

ज्ञानोदय माध्यामिक विद्यालयमा नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘नीजि क्षेत्रका विद्यालयले जसरी विद्यार्थी र अविभावकलाई आकर्षित गरिरहेको छन् अब त्यसैगरी विस्तारै सामूदायिक विद्यालयले पनि चुम्बकीय गुणको विकास गर्नुपर्छ,’ शाक्यले भने, ‘संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो भनेर गुनासो गर्ने होइन त्यो भन्दा राम्रो र गुणस्तरीय शिक्षा दिएर तपाईँहरु (विद्यार्थी)को भविश्य हामी बनाई दिन्छौँ भन्ने ग्यारेण्टी सामूदायिक विद्यालयले दिन सक्नुपर्छ । त्यो भयो भने सामूदायिकमा स्वत विद्यार्थीको चाप बढ्ने छ ।’

सबै सामूदायिक विद्यालयमा सरकारले निशुल्क शिक्षाको व्यवस्था गरेको स्मरण गराउँदै शाक्यले निशुल्क शिक्षाको अर्थ कमजोर शिक्षा नभएको प्रष्ट पारे ।

‘हामीले खोजेको कमजोर होइन गुणस्तरीय र उत्कृष्ट शिक्षा हो । संस्थागत विद्यालयले दिने भन्दा पनि अझ उत्कृष्ट र गुणस्तरीय शिक्षा सामूदायिक विद्यालयले दिन सक्नुपर्छ,’ उनले भने‘सामूदायिक विद्यालयले संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण सिर्जना गर्ने हो भने संस्थागत विद्यालय स्वत बन्द हुन्छन् ।’

संघीय, प्रदेश र स्थानीय सरकारमा रहेका जनप्रतिनिधि र अविभावकहरुको जिम्मेवारी र दायित्व संस्थागत विद्यालयलाई बन्द गर्ने नभई संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने सामूदायिक विद्यालय निर्माण गर्नु भएको पनि उनले बताए ।

‘काठमाडौँ महानगरपालिका स्थानीय सरकार भएको नाताले भौतिक पूर्वाधार, शिक्षक–शिक्षिकालाई दिइने तालिमलगायतका लागि तयार छ,’ उनले भने, ‘हामीले सामूदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्यौँ भने संस्थागत विद्यालय स्वत कमजोर भएर जान्छन् । हामी बजारमा केही बस्तु किन्न जाँदा कसैले गुणस्तरीय बस्तु सस्तोमा दियो भने महंगोमा किन्न जाँदैनौँ, शिक्षा पनि त्यहि हो ।’

उनले सामूदायिक विद्यालयका प्रधानाध्यापकहरुले पनि संस्थागत विद्यालयलाई निषेध होइन, मेरो विद्यालयमा अध्ययनरत विद्यार्थीको भविश्यको जिम्मा म लिनसक्छु भन्ने ध्येयका साथ पढाएर विद्यार्थी र अविभावकलाई पनि विस्वस्त बनाउनु पर्नेमा जोड दिए ।

‘विद्यालय शिक्षा हाम्रो काँधमा आइसकेपछि विद्यालय सुधारका केही प्रयासहरु हामीले गरेका छौँ । भित्रि सुधारको पाटो शिक्षक–शिक्षिकाकै हो,’ शाक्यले भने, ‘शिक्षा समिति, विभाग र नगरसभाले निर्णय गरेर काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण सामूदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणको जिम्मा हामीले लिएका छौँ ।’

उनले त्यसमध्ये सबै विद्यालयमा रंगरोगनको काम करीब सम्पन्न गरेको जानकारी दिए । ‘शौचालय नभएका ठाउँमा हामीले शौचालय बनाई दिन्छौँ भनेका छौँ, सङ्ख्या थप्नु पर्छ भने थप्नुहोस् भनेका छौँ, ‘भएकालाई सुधार गर्नुपर्छ भने गर्नुहोस् भनेका छौँ ।’ वर्षाका बेला हिलो र घाँम लाग्दा धुलो उड्ने अबस्था नहोस् भनेर विद्यालय हाता भित्र मैदान बनाउनेलगायतका काम पनि महानगरपालिकाले गरेको जानकारी दिए ।

‘हरेक विद्यालयमा वृक्षारोपन गर्नुहोस् भनेर हामीले बजेट विनियोजन गरेका छौँ,’ उनले थपे, ‘ हामीले विभिन्न विद्यालयलाई प्राविधिक शिक्षाका लागि पनि बजेट विनियोजन गरेका छौँ ।’

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ का लागि बालमैत्री चित्र तथा महावाणी लेखन, लैंगिक तथा अपाङ्गमैत्री शौचालय निर्माण, सार्वजनिक पुस्तकालय तथा वाचनालयको स्तरोन्नति, प्राविधिक शिक्षा कार्यक्रम, आविस्कार क्लब स्थापना, सिटी पुस्तकालय स्थापनालगायतका शर्षकमा बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १ : ०० बजे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय