अयोध्या पुगेर भारतीय प्रधानमन्त्री मोदीले गरे राम मन्दिरको शिलान्यास « Khabarhub

अयोध्या पुगेर भारतीय प्रधानमन्त्री मोदीले गरे राम मन्दिरको शिलान्यास


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर  निर्माणका लागि भूमिपूजा गर्दै शिलान्यास गरेका छन्।

दिउँसो १२ बजेर ४४ मिनेटको साइतमा मोदीले चाँदीले निर्मित पाँचवटा ईँटा मन्दिरको जगमा स्थापना गरेका हुन् ।

हेलिकप्टर मार्फत बिहान दिल्लीबाट अयोध्या गएका मोदीले भूमि पूजाअघि हनुमानगढीमा पूजा तथा आरती गरेका थिए ।

भूमि पूजामा प्रधानमन्त्री मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, संघका प्रमुख मोहन भागवत र राज्यपाल आनन्दीबेन पटेलसहित सहभागी छन् ।

सोही कार्यक्रममा सहभागी भएका योगगुरू रामदेवले अयोध्यामा एउटा भव्य गुरुकुल बनाउने घोषणा गरेका छन्।

भारतको उत्तर प्रदेश राज्यमा पर्ने भगवान रामको जन्मभूमि अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले बाबरी मस्जिद भत्काएको थियो । त्यो मस्जिद राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो।

दशकौँसम्म सो स्थानको स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम स‌ंगठनबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको हुने निर्णय गरेको थियो।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  २ : ५२ बजे

आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष