काठमाडौं उपत्यकामा आज एकैदिन थपिए ६२ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा आज एकैदिन थपिए ६२ कोरोना संक्रमित


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा आज ६२ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएका मध्ये काठमाडौंमा ५७ र ललितपुरमा ५ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एकजना, काठमाडौंका १४ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, लिलतपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना पुष्टि भएको छ । यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका एकजना, ललितपुरका २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

बीआइडिएच ल्याब काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना पुष्टि भएको छ । योसँगै आजमात्रै काठमाडौं उपत्यमाका ६२ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ ।

आज ३८१ जना थपिएका छन् । मंगलबार २५९ जना थपिएका थिए । सोमबार ४१८ जना थपिएका थिए । आइतबार २४६ जना थपिएका थिए । यस्तै शनिबार ३१५ जना थपिएका थिए । आज ६ हजार ३५९ जनाको पिसिआर परिक्षण गरिएको छ । अब सक्रिय संक्रमितको संख्या ६ हजार १७६ जना छ ।

यस्तै निको हुनेको संख्या १५ हजार १५६ जना पुगेको छ । आज १३० जना निको भएका छन् । मंगलबार ६५ जना निको भएका थिए । सोमबार ३५८ जना थपिएका थिए । आइतबार १११ जना निको भएका थिए । यस्तै शनिबार ९३ जना निको भएका थिए । ७० प्रतिशत निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ४ : ३० बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी