सुशान्त आत्महत्या केश: सीबीआईले अनुसन्धान गर्ने | Khabarhub Khabarhub

सुशान्त आत्महत्या केश: सीबीआईले अनुसन्धान गर्ने


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुशान्त सिंह राजपूतको आत्महत्याको केश अब सीबीआई (केन्द्रीय अन्वेषण ब्यूरो) ले अनुसन्धान गर्ने भएको छ ।

प्रहरीले हेरेको यो केश सीबीआईलाई ट्रान्सफर गरिएको हो । अब यो केशमाथि सीबीआईले अनुसन्धान थाल्नेछ।

लामो समयदेखि सामाजिक सञ्जालका माध्यमबाट सीबीआई जाँच हुनुपर्ने माग गरिएको थियो । सुशान्तको परिवारले पनि यो घटनामा सीबीआई जाँच हुनुपर्ने बताएका थिए ।

केन्द्र सरकारका वकिलले बिहार सरकारको सिफारिस स्वीकार गरेको हो ।

सुशान्तका वकिलले पनि मुम्बई प्रहरीको विश्वास नभएको प्रतिक्रिया दिएका थिए । उनले प्रहरीले रियाको समर्थन गरेको आरोप लगाएका थिए ।

गत १४ जुनमा सुशान्तले मुम्बईस्थित आफ्नो निवासमा घाँटीमा पासो लगाएर आत्महत्या गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ६ : २२ बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले