नुवाकोटको विदुरमा निषेधाज्ञा « Khabarhub

नुवाकोटको विदुरमा निषेधाज्ञा


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – कोरोना रोगको सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि नुवाकोटको विदुर नगरपालिकामा बुधबारदेखि निषेधाज्ञा लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटको आदेशअनुसार बुधबार साँझ ६ बजेदेखि नै अनिश्चित समयका लागि निषेधाज्ञा लगाइएको हो । आदेशमा निषेधाज्ञा तथा बन्दाबन्दी भन्ने शब्द उल्लेख नगरे पनि यसअघि कायम गरिएको सरहको बन्दाबन्दी हुने गरेर कोरोना रोग नियन्त्रणका लागि आदेश जारी गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

उनका अनुसार विदुर नगरपालिकाभित्रको सबै स्थानमा पास भएका तथा अतिआवश्यकबाहेकका यात्रुबाहकसहित सार्वजनिक यातायातका साधन सबै बन्द गरिने, क्वारेन्टिन तोकिएका बाहेकका सबै होटल तथा रेस्टुरेन्ट बन्द हुने, भेला सम्मेलन, धार्मिक तथा सांस्कृतिक, सामाजिक कार्य अर्को निर्णय नभएसम्म रोक लगाउने निर्णय गरिएको छ ।

यसैगरी बिहीबारदेखि लागू हुने गरेर नगर क्षेत्रभित्रका सरकारी र गैरसरकारी कार्यालयले प्रवाह गर्ने अतिआवश्यकबाहेक अरु नियमित सेवा प्रभावित हुने र प्रवाह गर्ने सेवामा पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर प्रवाह गर्नुपर्ने आदेशमा भनिएको छ ।

विदुर नगरपालिकाको आग्रहमा प्रजिअले जारी गरेको आदेशको कार्यान्वयन, कार्यालयको सेवा प्रवाह प्रदेश सङ्घीय सरकार मातहतमा रहेका कार्यालयले गर्ने कटौता भने बिहीबाट लागू गर्न लागिएको छ ।

नुवाकोटमा रहेका अन्य स्थानीय तहमा पनि निषेधाज्ञा लगाउन आवश्यक छलफल गर्न बिहीबार प्रशासन कार्यालयमा बैठक बोलाइएको छ ।

नुवाकोटमा हालसम्म ४५ जनामा कोरोना रोगको सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये नौ जनामा समुदायस्तरबाट रोगको सङ्क्रमण सरेको स्वास्थ्य कार्यालयको अनुमान छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १० : ४८ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन