नुवाकोटको विदुरमा निषेधाज्ञा | Khabarhub Khabarhub

नुवाकोटको विदुरमा निषेधाज्ञा


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – कोरोना रोगको सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि नुवाकोटको विदुर नगरपालिकामा बुधबारदेखि निषेधाज्ञा लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटको आदेशअनुसार बुधबार साँझ ६ बजेदेखि नै अनिश्चित समयका लागि निषेधाज्ञा लगाइएको हो । आदेशमा निषेधाज्ञा तथा बन्दाबन्दी भन्ने शब्द उल्लेख नगरे पनि यसअघि कायम गरिएको सरहको बन्दाबन्दी हुने गरेर कोरोना रोग नियन्त्रणका लागि आदेश जारी गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

उनका अनुसार विदुर नगरपालिकाभित्रको सबै स्थानमा पास भएका तथा अतिआवश्यकबाहेकका यात्रुबाहकसहित सार्वजनिक यातायातका साधन सबै बन्द गरिने, क्वारेन्टिन तोकिएका बाहेकका सबै होटल तथा रेस्टुरेन्ट बन्द हुने, भेला सम्मेलन, धार्मिक तथा सांस्कृतिक, सामाजिक कार्य अर्को निर्णय नभएसम्म रोक लगाउने निर्णय गरिएको छ ।

यसैगरी बिहीबारदेखि लागू हुने गरेर नगर क्षेत्रभित्रका सरकारी र गैरसरकारी कार्यालयले प्रवाह गर्ने अतिआवश्यकबाहेक अरु नियमित सेवा प्रभावित हुने र प्रवाह गर्ने सेवामा पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर प्रवाह गर्नुपर्ने आदेशमा भनिएको छ ।

विदुर नगरपालिकाको आग्रहमा प्रजिअले जारी गरेको आदेशको कार्यान्वयन, कार्यालयको सेवा प्रवाह प्रदेश सङ्घीय सरकार मातहतमा रहेका कार्यालयले गर्ने कटौता भने बिहीबाट लागू गर्न लागिएको छ ।

नुवाकोटमा रहेका अन्य स्थानीय तहमा पनि निषेधाज्ञा लगाउन आवश्यक छलफल गर्न बिहीबार प्रशासन कार्यालयमा बैठक बोलाइएको छ ।

नुवाकोटमा हालसम्म ४५ जनामा कोरोना रोगको सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये नौ जनामा समुदायस्तरबाट रोगको सङ्क्रमण सरेको स्वास्थ्य कार्यालयको अनुमान छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १० : ४८ बजे

चीनसँगको टिकटक सम्झौताका लागि निकै नजिक : अमेरिकी अर्थ प्रमुख

म्याड्रिड– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार म्याड्रिडमा दुई पक्षबीच व्यापार

मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न : डा रुइत

काठमाडौं– वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले राजनीतिमा प्रवेश गर्ने

आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गरिने

काठमाडौं– सहरी विकासमन्त्री कुलमान घिसिङले आगजनीका कारण कुरूप देखिएका संरचनाको

रूपन्देही–३ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचन रद्द

काठमाडौं– निर्वाचन आयोगले रूपन्देही–३ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचन

शिवम् शिमेन्ट थाल्यो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरसफाइ

काठमाडौं– शिवम् सिमेन्टले जेन-जी आम्दोलन पश्चात काठमाडौंमा भएको आगजनी तथा