साउदी- काठमाडौं थप १५ चार्टर उडानको तालिका सार्वजनिक « Khabarhub

साउदी- काठमाडौं थप १५ चार्टर उडानको तालिका सार्वजनिक



दोहा- साउदी अरवबाट काठमाडौँका लागि थप १५ वटा चार्टर उडान हुने भएका छन् ।

साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै थप उडान तालिका सार्वजनिक गरेको हो।

दूतावासका अनुसार सेप्टेम्बर ६ देखि ३० तारिखसम्म रियाद तथा दमामबाट उडान हुने जनाउदै नेपाल जानका लागि आफूलाई पायक पर्ने मिति र एयरलाइन्सबाट टिकट लिन सकिने जनाएको छ ।

साउदी अरवबाट पीसीआर परीक्षण गरेर नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्टसमेत साथमा लिनुपर्ने र नेपाल पुगेपछि १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने दूतावासले जनाइएको छ ।

यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेको बारकोड वा प्रिन्ट कपी अनिवार्य रुपमा लिएर जानुपर्ने सूचनामा उल्लेख छ।

पीसीआर परीक्षण नगरी चाटर उडानमार्फत स्वदेश फर्किने यात्रुहरुले नेपाल पुगेपछि ७ दिनसम्म आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने दूतावासले जनाएको छ । नेपाल एयरलाइन्सले सेप्टेम्बर ७ र १९ तारिखमा दमामबाट उडान भर्ने भएको छ ।

हिमालय एयरलाइन्सले सेप्टेम्बर ६,९,१३,१६,१७,२२,२६ तथा २९ मा रियादबाट उडान गर्ने जनाएको छ । यसैगरी, नेपाल एयरलाइन्सले सेप्टेम्बर ८,१८,२०,२४ र २८ मा दमामबाट काठमाडौंको लागि उडान गर्ने दूतावासले जनाएको छ ।

 

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ६ : ४५ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका