चितवन – चितवनमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड ल्यावमा शुक्रबार राति गरिएको परीक्षणमा चितवनका ७ तथा नवलपुर र रूपन्देहीका एक/एक जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा. नीतु अधिकारीका अनुसार संक्रमितहरू १४ देखि ६० वर्ष उमेर समूहका छन् ।
भरतपुर नगरपालिकाका विभिन्न ४ वडाका ४ पुरूष र ३ महिला तथा नवलपुर र रूपन्देहीका एक/एक जना पुरूषमा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया